राप्रपालाई एकता गर्न नेता थापाको आग्रह

राप्रपालाई एकता गर्न नेता थापाको आग्रह

विरगंज। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फुटेका राप्रपासंग
एकता गर्न तयार रहेको बताएका छन् ।
आजदेखि वीरगंजमा शुरू भएको राप्रपा केन्द्रीय परिषद्को बैठकमा बोल्दै
उनले पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको पार्टीसंग एकता गर्न
तयार रहेको बताए ।
उनले वर्तमान सरकार तथा कम्युनिष्ट एकताले अधिनायकवाद लाद्न खोजेको आरोप
लगाए । तीन महिना बितिसक्दा पनि संवैधानिक अंगमा कसैलाई नियुक्ति नगर्नु
र कर्मचारीतन्त्रबाट सबै प्रजातन्त्रवादीलाई तह लगाउने योजना अनुसार
वर्तमान सरकार अगाडि बढेको उनले आरोप लगाए ।
उनले एकता भएको दुवै दलको पृष्ठभूमि सशंकित रहेकोले दुवै पार्टीले
रोजेको बाटो केही समयपछि देश टुक्रिने अवस्था समेत आउनसक्ने दावी गरे ।
नेता थापाले वर्तमान सरकारले दुवै पार्टीलाई दिएको जनमतको कदर गर्न केपी
ओली सरकारलाई आग्रह गरे । नेपालको राजनीतिबारे प्रष्ट पार्दै राजसंस्था
समाप्त भएमा कम्युनिष्ट शासन हावी हुँदै गएकोले अहिले सम्पूर्ण लोकतन्त्र
र प्रजातन्त्रवादी एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष्F थापाले आप्mनो पार्टी अहिले कठिन बाटोमा हिंडिरहेको जानकारी गराए ।
केन्द्रीय परिषद् बैठकको विषयमा विदेशीहरूको पनि चासो बढेको बताउँदै वीरगंजबाट परिषद्को भेलाले पार्टीलाई ठूलो बनाउने  योजना अनुसार अगाडि बढ्ने जानकारी गराए ।
देशी, विदेशी तथा नेपालका केही दलहरूलाईको सोचाईमा राप्रपा अब के गर्छ,
कसरी अगाडि बढ्छ भन्ने चिन्ता छाएको विषयमा प्रस्ट पार्दै अध्यक्ष थापाले
बाटो कठिन भए पनि सफलता पाउने बताए ।
बैठकमा पार्टीको संगठन, रणनीति, विधान संशोधन, चुनावमा पराजित हुनुको
कारणबारे छलफल र बहस हुने उनले बताए । अध्यक्ष थापाले आग्रह–पूर्वाग्रह,
हानि–लाभभन्दा माथि उठेर पार्टीसँग आबद्ध नेता, कार्यकर्तालाई अगाडि बढ्न
आग्रह गरे ।
उपाध्यक्ष राजीव पराजुलीले अधिकांश ठाउँमा पार्टीले उम्मेदवार नदिएको
कारण मतको संख्या घटेको बताए । पर्साको हकमा बोल्दै उनले आपूm नै अरू
पार्टीसँग मिलेर सहयोग गरेको आरोप संगठनभित्र लागेको विषयमा प्रस्ट
पारेका थिए । राप्रपाको एजेन्डा ठाउँठाउँमा नपु¥याएको कारण आप्mनो
मतदाताले अन्यलाई मत दिएको बताए ।
कार्यक्रममा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिंगदेन,
मानबहादुर खड्का, हीरा गुरूङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *