मन्त्री साह भन्छन् : म माथिको आरोप निराधार

मन्त्री साह भन्छन् : म माथिको आरोप निराधार

राजविराज । प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले राजपाका विधायक डा. डिम्पल झा माथि आफुले हातपात गरेको भनी आएको खबर निराधार रहेको बताएका छन् ।
मन्त्री साहले राज्यमन्त्री योगेन्द्र राय यादव सँग डा. झाको सामान्य राजनीतिक विवाद मात्र भएको तर आफुले हातपात नगरेको बताए ।
उक्त विवादमा आफ्नो कुनै संलग्नता नरहेको टेलिफोन मार्फत माई संचारलाई जानकारी गराउदै साहले डा. झा र उनका जिल्लावासी बिच उत्पन्न केही समस्याका कारण आपसी विवाद भएको भन्दै त्यसमा आफ्नो नाम समेत मुछिनु गलत भएको जिकिर गरेका छन् ।
केही संचार माध्यमहरुले सत्यतथ्य नबुझी निराधार रुपमा आफ्नो नाउँ मुछेर दुष्प्रचार गरेको उनको दावी छ ।
गत जेष्ठ २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला मन्त्री साहको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको र मोदीको भ्रमण बारे समीक्षा गर्न भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा बैठक बसेको थियो । बैठकमा आय व्यय बारे कुनै पनि कुरा नभएको मन्त्री साहले बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *