चुनौतिका बिच रुपनी गाउँपालिकामा ८० प्रतिशत विकासिय काम सम्पन्न : अध्यक्ष यादव

चुनौतिका बिच रुपनी गाउँपालिकामा ८० प्रतिशत विकासिय काम सम्पन्न : अध्यक्ष यादव
Business With Technology Pvt. Ltd.

राजविराज । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले पूर्वाधार विकास ठुलो चुनौती भएपनि सडक, सिचाइ, स्वास्थ्य क्षेत्रमा द्रुत गतिमा काम अघि बढाएको बताएका छन् ।
माई संचार डटकम सँग कुरा गर्दै अध्यक्ष यादवले गाउँपालिकाका विकासका लागि निर्वाचित भएदेखि नै विकासिय कामलाई अगाडी बढाएको बताए ।
उनले जनतासँग राय लिएर समस्या र पिडाको आधारमा विकासका पूर्वाधारहरुमा काम अगाडी बढाएको बताए । उनले भौतिक पूर्वाधार सँगै मानव विकास तर्फ पनि केही काम अगाडी बढाएको र त्यसका लागि खास गरि शिक्षा, सामाजिक विकास, लक्षित वर्ग संचार विकासको क्षेत्रमा पनि गाउँपालिकाको बजेट प्रयोग गरेको बताए । गाउँपालिकामा रहेको ६ वडा मध्ये ५ वटा वडामा ८० प्रतिशत बजेट पूर्वाधारको क्षेत्रमा खर्च गरिसकेको तर बाँकी २० प्रतिशत जेष्ठ भित्र खर्च भईसक्ने बताए ।
विकास निर्माणका गतिविधिलाई तदारुकताका साथ अगाडी बढाएको र वडा कार्यालयहरुमा आफै गई अनुगमन गर्ने गरेको बताए । तपाई मूलभुत समस्या के हो ? भन्ने प्रश्नमा उनले भने– स्थानीय सरकारको रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छौ । हामी सँग उपयुक्त कार्यालय भवन छैन । यसका लागि गाउँपालिकामा रहेको कृषि भवन माथिल्लो तल्ला थप्ने क्रम जारी रहेको र केही दिनमा कार्यालय व्यवस्थापन गरी थप जिम्मेवारीका साथ काम गर्ने बताए । यहाँ पूर्वाधार आवश्यक जनशक्ति उपकरणको आभाव छ, हामी सँग कर्मचारीको झनै आभाव छ, विस्तारै ति समस्यालाई सामाधान गर्ने तर्फ हाम्रो टिम अगाडी बढदै छ । गाउँपालिकामा भइरहेको काम जनतामा पनि संतोषजनक छ । गाउँपालिका भित्र रहेको कार्यपालिकामा सबै कार्यक्रमहरु अनुमोदन गरी मात्र अगाडी बढाइरहेको बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *