Breaking News

फसे प्राइम लाइफका सञ्चालक

फसे प्राइम लाइफका सञ्चालक
Business With Technology Pvt. Ltd.

काठमाडौं – एउटा सानो गल्तीलाई समयमै मिलाउन नसक्दा व्यवसायी राजेन्द्र खेतानसहित प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकहरु ठगी मुद्दाको झमेलामा परेका छन् ।

बैदेशिक रोजगारमा गएका कामदारको नक्कली जीवन बिमा जारी गर्ने एक कर्मचारीले गरेको बदमासीलाई सल्टाउन अर्काे गल्ती गर्दा खेतानसहतिका सञ्चालकहरु फसेका हुन् ।

खेतानसहित तत्कालीन सञ्चालकहरु रतनलाल संघाई, गोपीकृष्ण सिकारिया, सुमन जोशी, चन्द्रप्रकाश खेतानविरुद्ध गत साता जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको छ ।

त्यस्तै प्राइम इन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई, कम्पनी सचिव राजनप्रसाद अधिकारीविरुद्ध समेत मुद्दा दायर भएको छ । नक्कली बीमालेख जारी गरी ठगी गरेको अभियोग उनीहरुमाथि छ ।

यस्तो थियो घटना
तीन वर्षअघि वल्र्ड वेज म्यानपावरबाट १८ जना युवक वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । वैदेशिक रोजगारीमा जाँदा अनिवार्यरुपमा जीवन बीमा गर्नुपर्ने प्रावधान छ ।

त्यतिबेला प्राइम लाइफ इन्स्योरेन्सका एजेन्ट प्रकाश रेग्मीले पैसा लिएर जीवन बीमा जारी गरेका थिए । वैदेशिक रोजगारीमा गएकामध्ये गोकर्ण बिडारीको मृत्यु भयो ।

उनका परिवार बीमाको रकम दाबी गर्न कम्पनी जाँदा बीमा नै नभएको खुल्यो ।  त्यसपछि उनीहरु मेनपावर कम्पनीमा गए । जानुअघि बीमा गरिएको कागज थियो । तर, त्यो कागज नक्कली भएको छानबिनमा खुल्यो ।

मेनपावारका कर्मचारीले बीमा एजेन्ट रेग्मीसँग कुरा गरे । रेग्मीले आफूले कम्पनीलाई पैसा बुझाएको र कम्पनीले नै नक्कली बीमा पोलिसी जारी गरेको बतायो । उनलाई प्रहरीले पक्राउ ग¥यो ।

त्यसपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुको बीमा पोलिसी भए÷नभएको बारे पत्राचार ग¥यो । बैशाख ५ गते बीमा भएको भन्दै प्राइमले पत्राचार गरेपछि सञ्चालकहरु समेत तानिएका हुन् ।

बीमा गरिसकेको जानकारी गराउँदा आफुहरु बच्ने ठानेर उनीहरुले आफैं पैसा हालेर नयाँ जीवन बीमा गरेका थिए । तर, त्यही कारण उनीहरु फसे ।

यदी बीमा नगरिएको बताएको भए कर्मचारी रेग्मी मात्र फस्ने थिए, तर अहिले आएर बीमा गरेपछि कम्पनीले पैसा लिएर पहिला बिमालेख जारी नगरको प्रष्ट भयो । सोही पत्रका आधारमा सञ्चालकहरुविरुद्ध समेत मुद्दा दायर गरिएको कालिमाटी वृत्तका एक प्रहरी अधिकारीले बताए ।

त्यस्तै त्यसबेला बैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यत अधिकृत दिलिप अधिकारीविरुद्ध समेत मुदा दायर भएको छ । उनले नक्कली बीमाका लागि श्रम दिएका थिए ।

पक्राउ परेका रेग्मी एक लाख धरौटीमा छुटेका छन् । धेरै चलाख बन्न खोज्दा ७४ हजार ५ सय ५९ रुपैयाँ ठगी गरेको बिगोमा करोडपति सञ्चालकहरुविरुद्ध ठगी मुद्दा दायर भएको हो,  दृष्टिमा उल्लेख छ ।

मुद्दा अघि बढेपछि सञ्चालकहरुले सरकारी वकिल कार्यालयमा सेटिङ मिलाउन खोजेका थिए । तर, प्रहरीको दबाबपछि उनीहरुको केही लागेन । अब उनीहरु अदालतमा सेटिङ मिलाउनतर्फ लागेका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *