नदी तालिम कार्यका लागि भारतद्धारा एक अर्ब ८० करोड सहयोग

नदी तालिम कार्यका लागि भारतद्धारा एक अर्ब ८० करोड सहयोग
Business With Technology Pvt. Ltd.

राजविराज – भारतीय राजदूुताबासले बागमती, लालबकैया र कमला नदीहरुमा नदी तालिम तथा तटबन्ध निर्माणका लागि भारतको योगदान स्वरुप एक अर्ब ८० करोड ७४ लाख रुपैया प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले मन्त्री वर्षमान पुनको उपस्थितिमा उर्जा, जलस्रोत तथा मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई सो रकम हस्तान्तरण गरेको हो ।
नदी तालिम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, बागमती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य राख्दछ जसले यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पु¥याउने छ ।

उक्त रकमको हस्तान्तरणसँगै भारत सरकारले नेपाललाई सन् २००८ देखि हालसम्म नदी तालिम र तटबन्धका लागि १३ किस्ता प्रदान गरिसकेको छ जसको कुल रकम नेरु ४.६८ बिलियन रहेको छ ।

भारत नेपालसँग नदी तालिम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्नका लागि प्रतिबद्ध छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *