Breaking News

कर्मचारीको उमेरहद ५८ वर्ष

कर्मचारीको उमेरहद ५८ वर्ष
Business With Technology Pvt. Ltd.
काठमाडौ –  अघिल्लो सरकारले तयार पारेको सङ्घीय निजामती सेवा ऐनको विधेयकलाई वर्तमान सरकारले पुनरावलोकन गर्ने भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि तयार पारेको सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा व्यापक परिवर्तन सहित पुनरावलोकन कार्य थालेको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा तत्कालीन सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सङ्घीय निजामती सेवा ऐनको विधेयकमा निजामती कर्मचारीको अनिवार्य उमेरहद ५८ वर्ष वाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।

तर अहिले पुनरावलोकनको क्रममा ६० वर्ष उमेर हदको प्रस्तावलाई हटाएर ५८ वर्ष नै यथावत् राखिने भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले कर्मचारीको उमेरहद बढाउन नहुने भन्दै मन्त्रालयका अधिकारीहरूलाई सोही अनुसार प्रस्तावित विधेयकमा पुनरावलोकनको कार्य थाल्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मन्त्री पण्डितले सङ्घीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा व्यापक रूपमा पुनरावलोकन जरुरी रहेको बताए।

सरकारी सेवामा नयाँ जनशक्तिलाई ल्याउनु पर्ने भएकाले उमेर हद बढाउनु पर्छ भन्ने मान्यतामा आफू नरहेको मन्त्री पण्डितले जानकारी दिए। ‘विज्ञहरू सँग आवश्यक छलफल थालेको छु, छलफल पछि यसमा टुङ्गोमा पुगिने छ । ’मन्त्री पण्डितले भने ।

मन्त्री पण्डितले कर्मचारीको उमेरहद ५८ वर्षमा नै यथावत् राखिने भए पनि काविल अनुभवी, इमान्दार र मुलुकलाई बढी आवश्यक बोध हुन सक्ने खालका कर्मचारीको हकमा भने दुई तीन वर्ष सम्म उमेर अवधि थप्न सकिने बताए।

यसअघि पनि सरकारका मुख्य सचिव र सचिवहरूको उमेर हद सरकारले आवश्यक ठानेमा केही वर्ष थप्न सक्ने प्रावधान थियो तर दोस्रो जनआन्दोलन पछि त्यो व्यवस्था हटाइएको थियो। (अन्नपूर्ण पोस्ट दैनिकबाट)

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *