Breaking News

शम्भुनाथ विकास समितिको काम गर्ने बाटो खुल्यो

शम्भुनाथ विकास समितिको काम गर्ने बाटो खुल्यो
Business With Technology Pvt. Ltd.

राजविराज – महिनौ देखि विवादमा रहेको शम्भुनाथ विकास समितिलाई काम गर्ने बाटो खुलेको छ ।

विवाद रहेको सो समितिको विपक्षीको नाममा उच्च अदालत जनकपुर, राजविराज इजलासले उत्प्रेशन निषेधाज्ञायुक्त प्रमादेश जारी गरेको छ । न्यायधिश दयानाथ खरेलको एकल इजालाशले मन्दिरभित्र रहेको चल अचल सम्पति दान पेटिकाको साँचो तथा सो मन्दिर परिसर भित्र रहेका सम्पति नियन्त्रणमा नलिनु भनि विपक्षीको नाउँमा प्रमादेश जारी गरेको हो ।
मन्दिर क्षेत्र विकास समितिका संस्था कानून बमोजिम दर्ता भएकोले लेखा परीक्षण प्रतिवेदन समेत प्रमाण स्वरुप देखिए अनुसार मुद्दा टुङ्गो नलागुन्जेलसम्म मन्दिर विकास समितिको सम्पूर्ण काम काज गर्ने जिम्मेवारी अदालतले विकास समितिलाई दिइएको इजलाशले आदेश जारी गरेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *