Breaking News

जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा

जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा
Business With Technology Pvt. Ltd.

राजविराज – धार्मिक तिर्थ स्थलको रुपमा परिचित सप्तरीको छिन्नमस्ता गाउपालिका–३ जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा भएको छ । 

सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले छिन्नमस्ता गाउँपालिका(३ लाई जातिय विभेद र छुवाछुत मुक्त वडा घोषणा गरेका हुन् ।
जातिय विभेद र छुवाछुत मुक्त घोष्णा हुने सो वडा प्रदेश २ कै पहिलो वडा बनेको छ । पछयौटेपन र चेतनाको कमी सँगै जातिय विभेद र छुवाछुतको भयाबह अवस्था रहेको वडामा मधेशी दलित विकास महासंघले अवाज परियोजना अन्तर्गत वडा कार्यालयको समन्वयमा २ वर्ष सम्म जातिय विभेद र छुवाछुत विरुद्घ जागरण अभियान चलाएको थियो ।
अभियान अन्तर्गत मानव अधिकार मैत्री गाउँ बारेको मुल संदेश र सुचकहरु सहितको होडिङ्ग बोर्ड स्थापना, सुचना सामग्री प्रकाशन र वितरण, स्थानिय एफ.एम. रेडियोबाट संदेश प्रवाह, सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी र घरदैलो लगायतका कार्यक्रम गरिएको थियो ।
सो प्रयास सफल भएपछि जातिय विभेद र छुवाछुत रहित वडा घोषणा गरिएको मधेशी दलित विकास महासंघका केन्द्रिय अध्यक्ष विशेश्वर रजकले बताए ।
पानसमा दिप प्रज्जवलन तथा जातिय विभेद र छुवाछुत मुक्त लेखिएको ब्यानर पढेर जातिय विभेद तथा छुवाछुत मुक्त वडा घोषणा गरेका कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले यो अवस्थामा सुधार ल्याउन निरन्तर क्रियाशिल रहने सवै प्रति धन्यवाद दिदै कुरिति र कुसंस्कारका रुपमा रहेको जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्न प्रदेश सरकारले ठोस रणनिति निर्माण गरी अघि बढने प्रतिबद्घता जनाए ।
छुवाछुतको व्यवहारलाई कानुनले नै निषेध गरेकाले यसलाई पूर्ण निषेधका लागी स्थानिय जनप्रतिनिधि, सामुदायका अगुवा बुद्घिजिवी, पत्रकार लगायत सवैले योगदान दिनु पर्ने पर्नेमा उनले जोड दिए ।
मधेशी दलित विकास महासंघ सप्तरीका कार्यक्रम संयोजक दिपेन्द्र पासवान दिपुले एकाईसौ शताब्दीमा पनि जातका आधारमा मानविय विभेद हुुनु दुर्भाग्यपूर्ण भएको भन्दै आफुहरुले आगामी दिनमा समेत जिल्लाका अन्य वडा, गाउँ र नगरपालिकामा यसका लागी सक्रियता साथ पहल गर्ने बताए । वडा अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा आयोजित घोषणा सभामा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्य नरायण मण्डल, लगायतले पनि बोल्दै जातिय विभेद र छुवाछुत अन्त्यका लागी मिलेर काम गर्ने साझा प्रतिबद्घता व्यक्त गरेका थिए ।
उनीहरुले अन्य वडा, गाउँ र नगरले पनि कार्य योजना बनाएर अघि बढनु पर्ने सुझाव पनि दिएका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *