नेपाल–भारत आईजीसीको दुई दिने बैठक सम्पन्न

नेपाल–भारत आईजीसीको दुई दिने बैठक सम्पन्न
Business With Technology Pvt. Ltd.

राजविराज – नेपाल–भारत द्विपक्षीय व्यापार सम्बन्धी नेपाल–भारत अन्तर समिति (आईजीसी) को दुई दिने बैठक काठमाण्डौमा सम्पन्न भएको छ ।

सोे बैठकमा नेपाल–भारत व्यापार तथा पारवहन अन्तरसरकारी समिति (आइजिसी) बैठकले सन्धि संशोधन गर्ने सहमति गरेको हो ।
दुई देशबीचका वाणिज्य सचिवस्तरीय बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र भारतीय पक्षको नेतृत्व वाणिज्य मन्त्रालयकी सचिव रीता तेआओतियाले गरेकी थिइन् ।
नेपालको व्यापारघाटा न्यूनीकरण गर्ने तथा आपसी व्यापारलाई सहजीकरण गराउने गरी सन्धि संशोधनको सहमति भएको हो ।
सचिव घिमिरेका अनुसार छलफलपछि नेपालको व्यापार घाटा कम गर्ने गरी विद्यमान व्यापार र पारवहन सन्धि संशोधनका लागि सहमति जुटेको हो ।
‘सन्धिमा के–के कुरा संशोधन हुने, के–के हटाउने र के–के थप्ने भन्ने विषयको तयारी अबको तीन महिनाभित्रै सक्ने लक्ष्य लिएका छौँ,’ उनले भने ।
यसैगरी, नेपाल–भारत पारवहनमै जलमार्गको विषय समेट्न पनि दुवै मुलुक सहमत भएका छन् ।
अप्रिल २६ देखी २७ सम्म चलेको द्विपक्षीय बैठकमा १९९९ मा भएको द्विपक्षीय सम्झौतामा छलफल हुनुका साथै १ महिना भित्र ट्रान्जिट सन्धीमा संशोधन गर्ने सहमाति भएको छ ।
नेपाल–भारत विच समन्वयमा विकास गरी व्यापारको भोल्युम बढाउन दुबै देशले जोड दिएका छन् । यस्तै भारतीय पक्षबाट वीआईएसएस र एफएसएसएआई सहित दुवै पक्षले काम गर्ने सहमति गरे ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *