च्याम्पियनसिपका विजेतालाई दुतावासले दिए बधाई

च्याम्पियनसिपका विजेतालाई दुतावासले दिए बधाई
Business With Technology Pvt. Ltd.

राजविराज – भारतीय दूतावासले आठौँ दक्षिण एशियाली जुडो च्याम्पियनसिपका विजेता भारतीय खेलाडीलाई बधाई दिएको छ । 

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले जुडो प्रतियोगिताका विजयी टोलीका खेलाडी तथा अधिकृतलाई बधाई ज्ञापन गरेका छन् ।
सोमबार नेपालमा सम्पन्न उक्त खेलमा पुरुष र महिला टोली इभेन्ट्समा भारत च्याम्पियन बनेको थियो । भारतको पुरुष टोलीले पाकिस्तानलाई फाइनलमा ३–२ ले हराएर स्वर्ण पदक जितेको थियो ।
त्यसैगरी महिला टोली इभेन्टमा भारतले नेपाललाई हराएको थियो । त्यसैगरी व्यक्तिगत इभेन्टमा पनि १० स्वर्णपदक जितेर भारत पहिलो भएको थियो ।
महिलातर्फका सबै स्वर्णपदक भारतले नै हात पारेको थियो । नेपाल प्रतियोगितामा दुई स्वर्ण पदक प्राप्त गरी दोस्रो भएको थियो । भारतका तर्फबाट सात महिला, छ पुरुष र तीन अधिकृतको सहभागिता थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *