Breaking News

प्रदेश २ को बजेट १ अर्ब २ करोड

प्रदेश २ को बजेट १ अर्ब २ करोड
Business With Technology Pvt. Ltd.

जनकपुरधाम – चालु आर्थिक वर्षको अन्तिम चार महिनाका लागि प्रदेश २ को सरकारले बजेट प्रस्तुत गरेको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सदनमा प्रस्तुत गरे ।
कुल बजेटको चालु तर्फको बजेट ५६.६४ प्रतिशत अर्थात ५७ करोड ८० लाख प्रस्तुत गरिएको छ भने पूँजीगत तर्फको बजेट ४३.३६ प्रतिशत अर्थात ४४ करोड २४ लाख ६८ हजार प्रस्तुत गरिएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा प्रत्येक प्रदेशसभा सदस्यलाई आफ्नो संसदीय क्षेत्रमा विकास निर्माण तर्फ खर्च गर्नका लागि संसदीय विकास कोष शिर्षकमा १० करोड ७० लाख रुपैया विनियोजन गरिएको छ । जसअन्तर्गत प्रत्येक सांसदले आफ्नो क्षेत्रमा खर्च गर्नका लागि १० लाखको दरले रकम पाउने छन् । बजेटमा कृषिलाई विशेष महत्व दिइएको छ ।
प्रस्तुत बजेटमा कृषि क्षेत्रको विकासका लागि विभिन्न शिर्षकमा ९ करोड बराबरको रकम विनियोजन गरिएको छ ।
स्वस्थ प्रदेश स्वच्छ जनता कार्यक्रम अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि १ करोड ५० लाख, विपद व्यवस्थापनका लागि २ करोड, राहत तथा पुनस्र्थापना कोष कार्यक्रम अन्तर्गत ५ करोड, जंगली जनावरको आक्रमणबाट हुने क्षतिको क्षतिपूर्ती शिर्षकमा ५० लाख रकम विनियोजन गरिएको छ ।
प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियानका लागि ८० लाख तथा दुई स्थानीय तहलाई जोड्ने सडक निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि ४ करोड रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको चैत महिनादेखि असार मसान्तसम्मका लागि प्रस्तुत गरिएको सो बजेटको टेबुल समेत मन्त्री यादवले मंगलबार बसेको बैठकमै गरेका छन् ।
प्रदेश सरकारले ल्याएको बजेट माथिको छलफल बुधबार बस्ने प्रदेशसभा बैठकमा हुनेछ ।
प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *