कर्मचारीका कारण जनताले सिंहदरबारको अनुभूतीगर्न सकेन :  वडा अध्यक्ष इसराईल

कर्मचारीका कारण जनताले सिंहदरबारको अनुभूतीगर्न सकेन :  वडा अध्यक्ष इसराईल
Business With Technology Pvt. Ltd.

सप्तरी कल्याणपुर – खडक नगरपालिकाका वडा नम्बर–८ का वडा अध्यक्ष मो. इसराइलले जनतालाई स्थानीय तहमा सिंह दरवारको अनुभुति नभएको बताएका छन् ।
जमाई संचार सँग कुरा गर्दै इसराइलले जनताको घर आँगनमा अधिकार आएपनि कर्मचारीका सिन्डीकेटका कारण जनताले अधिकार नपाएको बताए । उनले नगरपालिका भित्र कर्मचारीहरुले सरकारको ऐन भिडाएर जनप्रतिनिधि माथि सिन्डीकेट लादन खोजेको आरोप लगाए ।
अध्यक्ष इसराइलले कर्मचारी नियुक्ती देखि कार्यक्रममो सम्झौता सम्ममा नियम कानून ऐन पल्टाउदै जनप्रतिनिधिलाई कार्यकारी अधिकृत ठग्ने काम गरिरहेको छ । यस्तो कार्य सचिए मात्र जनताले पूर्ण अधिकार पाउने जिकिर गरे ।
उनले भने आर्थिक विकास, सामाजिक विकास लगायत पाँच वटा शिर्षकमा बजेट छुट्याए पनि अहिले सम्म कुनै काम नभएको बताए । उनले नगरपालिका भित्र कर्मचारी नभएर पनि कामकाज सुस्त भइरहेको जानकारी दिए । कर्मचारीहरु हाजिरी हुदै घर विदामा जाने गरेकोले कामकाजमा प्रभावित भइरहेको उनले बताए । कर्मचारीका कारणले गर्दा नगरको ३० प्रतिशत पनि काम नहुने उनले आरोप लगाए । कार्यकारी अधिकृत लगायतका कर्मचारीहरुले आफ्नै अनुकुल काम गरिरहेको र कार्यपालिकाको निर्णयलाई पनि वेवास्ता गरेको आरोप लगाए ।
स्थानीय सरकारले प्रयोग गर्न पाउने अधिकारलाई पनि ऐनमा नरहेको भन्दै अस्वीकार गरी निर्णय गर्न नदिने लगायतका कार्यहरु भइरहेको छ । यसमा मेयरले हालसम्म कुनै कदम नचालेको बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *