बोदेबर्साइनको मन्दीरमा सिरुवा पर्ब मेला

बोदेबर्साइनको मन्दीरमा सिरुवा पर्ब मेला
Business With Technology Pvt. Ltd.

लोकेन्द्र यादव \ ललित नरायण
राजविराज – सप्तरीको बोदे बर्साईन नगरपालिका –३ मा मिथला बासीको पर्व सिरुवा, जुरसितलको अवसरमा ठुलो मेलाको अयोजना गरेको छ ।
वडा नं. ३ सारस्वर टोल स्थित रहेको लक्ष्मी नरायणको मंन्दीरको प्राङ्गनमा आयोजन गरिएको मेलमा विभिन्न सास्कृतीक कार्याक्रम र ऐतिहासिक खेल कुस्तीको अयोजना गरिएको वडा अध्यक्ष अनोज कुमार यादवले जानकारी दिए ।
नगरपालिकाले मन्दीर लाई पर्यटन क्षेत्र धोषना गरे पछि त्यसको संरक्षरण र सम्बर्धणमा सो मेलाको आयोना गरेको वडा अध्यक्ष यादको भनाइृ छ ।
वडा कार्यालयवाट मेलाको लागि ४ लाख अनुदान दिएको उनले जानकारी दिए ।
५ दिन सम्म लाग्ने मेलामा १ करोड भन्दा बढीको कारोवार हुने नगरपालिकाले जनाएको छ ।
लक्ष्मी नरायणको नामबाट नामाकरण गरिएको सो मन्दीरलाई धार्मिक दृष्टीकोणले धेरै पुरनो मन्दीरको रुपमा चिनिने गरिएको छ । लक्ष्मी नरायणको बुटादार मूर्ती राखिएको सो मन्दीरको इतिहास सप्तरीको शम्भुनार मन्दीर र छिन्नमस्ता मन्दीर संग जोडिएको स्थानियहरु बताउछन । प्रत्येक बर्ष सो मन्दीमा स्थानियहरुले मेलाको अयोना गर्दै आईरहेको थियो, तर यस वर्ष जनप्रतिनिधीको प्रत्यक्ष निगरानीमा भईरहेको जसमा वडा कार्यालयले निकै लगानी गरेको छ ।
भारतीय सिमा जोडिएको सो मेलामा लौकहा, लौकही , खाप अन्द्रमन्ट र नेपालका भातिय सिमाती क्षेत्रमा पर्ने स्थानहरुबाट मेलामा भक्तजन ता श्रद्धालुहरुको सहभागि हुने मेला आयोजक समितिले जनाईएको छ ।

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *