नेपालमा भारतीय रेल गुडाउने काम सुरु

नेपालमा भारतीय रेल गुडाउने काम सुरु

काठमाडौं – नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ।

काठमाडौंमा दुई वर्षभित्रै निचियाँ रेल गुड्ने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले ‘हावादारी’को संज्ञा दिएरहेका बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको हो।

भारतले जयनगर–बर्दिबास, जोगबनी–विराटनगर, नैतनवा–भैरहवा, रुपेडिया–नेपालगन्ज र जलपाइगुरी– काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको छ।

यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबासमम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी–विराटनगरमा ट्रयाक निर्माणको कामलाई तीब्रता दिइरहेको भारतीय रेल मन्त्रालयले जनाएको छ। काराेबार दैनिकले खबर छापेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *