कृषकलाई ६३ थान मोबाइल वितरण

कृषकलाई ६३ थान मोबाइल वितरण

राजविराज – जिल्ला कृषि विकास कार्यालय, सप्तरीले कृषकलाई ६३ थान मोबाइल, वर्षा मापन यन्त्र र थर्मोमिटर वितरण गरेको छ ।
कृषी व्यवस्थापन सूचना प्रणाली दुरुस्त पार्न आज एक कार्यक्रम विच प्रदेश नम्बर २ का भुमी व्यबस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रशाद साहले ३८ कृषक समूह ,सहकारी र २५ पशु फार्मका अध्यक्ष तथा प्रतिनिधीहरुलाई ६३ सेट मोबाइल, वर्षा मापनयन्त्र र थर्मोमिटर वितरण गरेको हो ।
भुमी व्यबस्था कृषी तथा सहकारी मन्त्रालयको सहयोगमा बाडिएको मोबाइल, वर्षा मापनयन्त्र र थर्मोमिटर प्रयोग विधी बारे पनि जानकारी गराईएको थियो ।
जिल्ला कृषी बिकास कार्यालयका प्रमूख भगिरथ यादवका अनुसार कृषि सम्बन्धी अधिकांश समस्याको समाधान गर्ने उद्देश्यका साथ ती सामग्री प्रदान गरिएको हो ।
सामग्री वितरणले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने विश्वास लिइएको छ । कार्याक्रमका भुमी व्यबस्था कृषी तथा सहकारी मन्त्री साहले २ नं. प्रदेशलाई प्रविधी तरिका बाट कृषी क्षेत्रलाई अगाडी बढाउने बताए ।
उहाँले सप्तरी जिल्लालाई माछा पानको हवको रुपमा परिचित गराउने समेत प्रतिबद्धता व्यक्त गरे ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *