राजविराज नगरपालिको वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २ र ३ बिजयी

राजविराज नगरपालिको वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २ र ३ बिजयी

सप्तरी – राजबिराजमा, शुरु भएको नगरपालिकाको वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नंं २ ले वडा नं. ६ लाई ३ बिकेटले तथा वडा नं. ३ ले वडा नं. ४ लाई सजिलै ६ बिकेटले पराजित गरेको छ ।
प्रतियोगिता अन्र्तगत दोश्रो दिनको पहिलो खेलमा वडा नं. ६ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेटको नोक्सानीमा १ सय ४० रनको योगफल तयार पारेका थिए । वडा नं. ६ का लागि प्रशान्त राईले २९ बलमा ५ चौक्काको मद्धतले ३९ तथा सिमान्त राईले २९ रनको योगदान दिएको थियो भने उज्जवल यादवले नटआउट रही २३ रन तथा प्रवेश खडगीले १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. २ का सुरेश गुप्ताले २ तथा बिष्णु मण्डल र सनि मण्डलले सामान १ बिकेट लिएका थिए ।
१ सय ४१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. २ का सखडेश झाको बिस्फोटक ३३ बलमा ३ छकका र ४ चौक्काको मद्धतले नटआउट रहि ५० रनको मद्धतले १८ ओभर ५ बलमै उक्त लक्ष्य भेटाएका थिए । अन्य ब्याटसम्यानमा मासुम आलम र शैलेन्द्र यादवले क्रमश ः २५ र २२ रन जोडेका थिए । बलिंग तर्फ वडा नं. ६ का नवनित जयसवालले ४, राहुल मण्डलले २ तथा अभय थापाले १ बिकेट लिएका थिए । आर्कषक ब्याटिंग गरेका सखडेश झा म्यान अफ द म्याच घोषित भएका थिए ।
दोश्रो दिनको दोश्रो खेल अन्र्तगत वडा नं. ३ ले टसजिती ब्याटिंगको लागि वडा नं. ४ लाई ब्याटिंगको लागि निम्तो दिई ब्याटिंगका लागि ओर्लिएको वडा नं. ४ ले निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय ३८ रनको योगफल तयार पारेका थिए । वडा नं. ४ का लागि रवी रायले ३३, हिमान्सु दत्ताले नटआउट २२ तथा छत्र राय १३ बाहेक अन्य कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएनन । किर्तिमानी खेलाडि महवुव आलमले ६ रन मात्र जोडन सकेका थिए । बलिंग तर्फ रोविन सिंह र राज रोयले सामान २ बिकेट तथा रोहित सिंहले १ बिकेट लिएका थिए ।
१ सय ३९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ का निरज यादवले आर्कषक ५५ बलमा २ चौक्का र २ छक्काको मद्धतले नटआउट रहि ६७ रन बनाए पछि १८ ओभर ५ बलमै उक्त लक्ष्य सजिलै ४ बिकेटको नोक्सानीमा भेटाएका थिए । उनलाई उपेन्द्र यादव २० र बिकास दास १७ रनले महत्वपुर्ण योगदान दिएका थिए । बलिंग तर्फ प्रमोद रजक २ तथा गुणानन्द राय र महवुव आलमले सामान १ बिकेट लिएका थिए । आर्कषक ब्याटिंग गरेका वडा नं. ३ का निरज यादवलाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।
सप्तरी क्रिकेट संघ संगको सहकार्यमा राजबिराज नगरपालिका वडा नं. ५ को आयोजनामा संचालित उक्त प्रतियोगिता अन्र्तगत बिहिवार पहिलो खेल वडा नं. ४ ले वडा नं. ९ संग तथा दोश्रो खेल वडा नं. ५ र वडा नं. २ बिच हुने जानकारी राजबिराज नगरपालिका वडा नं. ५ का वडा सदस्य गंगासागर गुप्ताले जानकारी गराउनु भएको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *