Breaking News

फेसबुक ग्रुपबाट हटाएपछि ज्यान गयो !

फेसबुक ग्रुपबाट हटाएपछि ज्यान गयो !
Business With Technology Pvt. Ltd.

काठमाडौं- एक महिना अघि कुटपिटबाट मृत्यु भएका नुवाकोट सूर्यगढी गाउँपालिकाका १६ वर्षीय कुमार सूचीकारको उनकै साथीको कुटपिटबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो। बालाजु फूलबारीमा अचेत अवस्थामा माघ २७ गते नालीमा फेला परेका सूचीकारको उपचारका क्रममा गत माघ २९ गते ट्रमा सेन्टरमा मृत्यु भएको थियो। तर, सूचीकारको परिवारबाट सोमबार मात्र सनाखत (पहिचान) भएको हो।

महानगरीय प्रहरी वृत्त बालाजुले घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ गरेको छ। फेसबुक ग्रुपबाट हटाएको निउँमा सूचीकारलाई उनकै साथीले कुटपिटगरी हत्या गरेको जानकारी बालाजु वृत्तका प्रमुख डीएसपी विश्वराज खड्काले दिए।

गोंगबुस्थित गणेश हिमाल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सूचीकारलाई कुटपिट गरेको आरोपमा प्रहरीले तार्केश्वर नगरपालिका समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, विशाल पुतुवार, विक्की पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, नुवाकोटका आई सिंह तामाङ, सोलखुम्बुका राजन मगर र दोलखाका पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सूचीकार लगायतका साथीले ‘गुहेश्वरी’ नामको फेसबुक ग्रुप बनाएका थिए। वृत्तका प्रमुख डीएसपी खड्काले भने,‘प्रहरीको प्रारम्भीक अनुसन्धानमा सूचीकारले आफूले बनाएको ग्रुपबाट साथीहलाई हटाएपछिको विवादमा उनीमाथि कुटपिट भएको र उनी अचेत भएपछि साथीहरु भागेको पाइएको छ।’ फेसबुक ग्रुपमै रहेकी एक युवतीले बोलाएपछि सूचीकार फूलबारी पुगेका थिए।

पक्राउ परेकाले प्रहरीमा बयान दिए अनुसार सूचीकारले नसोधी ग्रुपबाट हटाएपछि उनीमाथि कुटपिट गरिएको थियो। सूचीकार अचेत भएपछि उनलाई नालीमा फालेर साथीहरु भागेका थिए। अन्नपूर्ण पोस्ट दैनिकबाट

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *