दुईदिने होली गायन प्रतियोगता सम्पन्न

दुईदिने होली गायन प्रतियोगता सम्पन्न
Business With Technology Pvt. Ltd.

राजविराज – मिथिला संसकृती जर्गेना गर्ने उद्देश्यले छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको दुईदिने होली गायन प्रतियोगता आईतवार सम्पन्न भएको छ ।
समाज सशक्तिकरण नेपालले सखडाको छिन्नमस्ता मंदिरमा आयोजना गरेको गाउँपालिका स्तरिय होली गायन प्रतियोगितामा ७ वटा टिमले सहभागिता जनाए ।
समापन समारोहका प्रमुख अतिथि नेपाल–भारत मैत्री पत्रकार संधका अध्यक्ष धीरेन्द्र प्रसाद साहले लोप हुँदै गएको मिथिला संस्कृती जर्गेना बेला बेलामा यस्ता कार्यक्रमहरुको आयोजना हुनुपर्ने बताए ।
देश संघियतामा गईसकेकोले संघिय व्यवस्थामा आफ्नो संस्कृती आफै संरक्षण गर्नुपर्ने जिम्मेवारी पनि समाजका अगुवा वर्ग माथि आएकोले युवा पुस्तामा लोक संस्कृती हस्ताणतरण गर्न यस्तो कार्यक्रम महत्वपूर्ण रहेको उनले तर्क गरे ।
यस्तै पत्रकार विनय कर्णले अहिलेको आधुनिक युगमा बाहिरी सभ्यता भित्रिदै गएको कारण स्थानिय लोक संस्कृती हराउँदै गएको बताए ।
उनले मिथिलाको संस्कृती आफैमा महान रहेकोले आगामी दिनमा पनि आयोजक संस्थाले यस्तो कार्यक्रमको आयोजना गर्नुपर्नेमा जोड दिए ।
समाज सशक्तिकरण नेपालका अध्यक्ष बैद्यनाथ यादवको अध्यक्षतामा भएको समापन समारेहमा प्रतियोगितामा प्रथम द्वितिय र तृतीय लाई कप तथा प्रमाण पत्र एवं अन्य टिमलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

 

 

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *