Breaking News

कंचनरुप नगरपालिकामा मटकाफोर कार्यक्रम सम्पन्न

कंचनरुप नगरपालिकामा मटकाफोर कार्यक्रम सम्पन्न
Business With Technology Pvt. Ltd.

राजविराज – होली लाई विषेश महोत्व दिदै होली महोत्सव मटका फोड कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
ग्रामीण कंचन यूवा कल्व कंचनरुप नगरपालिका –८ कंचनपुर सप्तरीको आयोजनामा शुक्रबार होली महोत्सव कार्यक्रम मनाईएको हो ।
मटकाफोर कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मंडलले विकृति र विसंगतिको अन्तय गर्दै संस्कृतिकलाई रक्षा गर्न यस होली पर्वले विषेश भुका रहेको बताएका छन । उनले यस पर्बबाट राष्ट्रको विकास र समृद्धि तर्फ लान सबैमा प्रेरणा मिलोस भन्ने शुभकामना समेत दिए ।
कल्वका अध्यक्ष संजय पासमानको अध्यक्षतामा भएकनो कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र , पूर्व सांसद मानपुर चौधरी , सशस्त्र प्रहरी दन्तकाली गण बरमझीया सशस्त्र प्रहरी उपरीक्षक टंक बहादुर खड्का , नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भवानी न्यौपाने दाहाल , संघीय समाजवादि फोरमका केन्द्रीय सल्लाहकार संजय स्वर्णकार लगायतले अ–आफनो शुभकामना मन्तव्य व्यक्त गरेको थिए । सो कार्यक्रममा कसैले पनि मटकाफोडन नसके पछि सबै टिमबाट ५÷५ जना लिएर नगरपालिकाका प्रमुख बसन्त मिश्रलाई समेत समावेश गराइ संयुक्तरूपमा मटकाफोडी कार्यक्रमलाई समापन गरिएको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *