गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव

गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव
Business With Technology Pvt. Ltd.

राजविराज । गर्भवतीको मृत्यु भएपछि सप्तरी सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ ।
बिरामीका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै कारबाहीको माग गर्दै नाराजुलुस गरेपछि अस्पतालको सेवा प्रभावित बनेको छ ।
डक्टरले समयमै ध्यान नदिदा सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका १ पिप्राहिकी २५ वर्षीया अनिता यादवको मृत्यु भएको छ ।
मृतक यादवलाई २ दिनअघि अस्पताल भर्ना गरिएको थियो । मृतकका पति रमेश यादवका अनुसार अस्पतालले पनि सहयोग नगर्दा आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको छ ।
’डाक्टर नै नआएपछि बच्चाको टाउको बाहिर निस्केको अवस्थामा राति करिब १ बजे अनिता र बच्चा दुवैको मृत्यु भएको परिवारीक स्रोतले जनाईउको छ । मृतकका ४ वर्षीय छोरा र २ वर्षीया छोरी छन् ।
बिरामी र बच्चा दुवैको मृत्यु भएपछि ट्याक्टर र टेम्पोमा राजविराज आएका स्थानीयले अस्पताल घेराउ गरेका छन् ।
अस्पताल प्रशासनले भने वार्ता र सहमति गरेर समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *