पहिलो पटक कुष्ठरोग बिरुद्ध खोप परीक्षण

पहिलो पटक कुष्ठरोग बिरुद्ध खोप परीक्षण

विश्वमै पहिलो पटक भारतमा कुष्ठरोग बिरुद्धको खोप परीक्षण भएको छ । टाइम्स अफ इन्डियाका अनुसार कुष्ठरोग उन्मुलनका लागि खोप परीक्षण भएको हो । केही साताभित्रै यो खोप भारतको बिहार र गुजरात राज्यमा लगाइनेछ ।

विश्वमा कुष्ठरोगीको कूल संख्यामध्ये ६० प्रतिशत बिरामी भारतमा रहेको विश्वास छ । तसर्थ कुष्ठरोग भारतको लागि ठूलो स्वास्थ्य समस्या हो । यो रोगका कारण भारतमा हरेक वर्ष १ लाख २५ हजार मानिस अशक्त बन्ने गरेका छन् ।

दुई राज्यमा परीक्षण चरण सफल भएमा खोपलाई देशव्यापी लगाइनेछ । माइक्रोव्याक्टेरियम इन्डिकस नाम गरेको सो खोप कुष्ठरोग संक्रमित र उनीहरुको नजिक बस्ने दुबै जनालाई लगाइनेछ ।

‘कुष्ठरोगबिरुद्ध भारतमा यो पहिलो खोप हुनेछ । संक्रमित र उनीहरुको सम्पर्कमा बस्ने मानिसलाई यो खोप लगाएमा तीन वर्ष भित्र भारतमा कुष्ठरोगीको संख्या ६० प्रतिशतले घट्ने विभिन्न अध्ययनले देखाएका छन्,’ भारतको काउन्सिल अफ मेडिकल रिसर्चका महानिर्देशक डा स्वौमाया स्वामीनाथन भन्छन् ।

नेसनल इन्स्टिच्युट अफ इमयुनोलोजीका निर्देशक जीपी तलवारले यो खोपको विकास गरेका हुन । यो खोपले प्रयोगको स्वीकृति पाइसकेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *