मधेसबाट भागेका मधेसी दल

मधेसबाट भागेका मधेसी दल

डा.सुरेश आचार्य

मधेस र तराईका नाममा राजनीति गरिरहेका दलमा अब यो मोह समाप्त भएको छ । गएको साता आफूलाई मधेसी दल भनिरहेका ६ पार्टीबीच गठबन्धन भयो र नयाँ नाम राखियो– राष्ट्रिय जनता पार्टी । मधेसी दललाई भारतीय आँखाले मात्र हेर्न रुचाउनेहरूले दलको नाम र झन्डामा भारतीय गन्ध देखे ।

झन्डामा भारतीय जनता पार्टीको रंग देखेका उनीहरूले ‘भारतीय’ र ‘राष्ट्रिय’ शब्दका बीच कुनै भेद देखेनन् । नाम र झन्डा अवश्य पनि पहिचान हो । तर यो हदसम्मको टिप्पणी राजनीतिक सहिष्णुताभन्दा परको हो । यो खालको टिप्पणी राजनीतिक संस्कारभन्दा बाहिरको कुरा पनि हो ।

साना दलहरू एकीकृत हुने वा ठूला पार्टीमा विलय हुने कुरा राजनीतिक रूपमा सकारात्मक हुन् । राजनीतिक स्थायित्वका लागि यसले मद्दत नै गरेको छ । मतका आधारमा राजनीतिक हैसियत कायम गर्ने ९थ्रेस होल्ड० को कानुनी व्यवस्थाले दलहरूमा यो चेतना आएको हो भने यो सकारात्मक पक्ष हो । अहिले जस्तो गन्तीमा ६८ जना पनि पु¥याउन मुस्किल हुने ६८ दलको विरोधको नौटंकीको यी परिघटनाले अन्त्य गर्ने आशा जगाएको छ ।

मधेसी दल र नेताहरूको आजसम्मको पहिचान सत्तालिप्सा र राजनीतिक अस्थिरताबाट लाभ लिने दलका रूपमा स्थापित भयो । २०६३ देखि २०७३ सालसम्मका कुनै सरकारमा उनीहरू छुटे भने प्रचण्ड सरकारमा मात्रै उनीहरू रहेनन् ।

यद्यपि सरकार बनाउनमा उनीहरूको समर्थन नै रह्यो । २०६३ सालसम्म मधेसमा कोही थियो भने नेपाल सद्भावना पार्टी थियो । सद्भावना शब्दले तराई वा मधेस बोकेको थिएन, तर सबै क्षेत्रका नागरिकबीच भेदभावको अन्त्यको भावना बोकेको थियो ।

२०६३ मा चलेको मधेस आन्दोलनले मधेस नामको दल जन्मायो– मधेसी जनअधिकार फोरम । यो फोरम अब आफैंमा जीवित छैन, तर हिजोको एकीकृत रूपमा पनि छैन । यसले अरु दुई फोरम मात्र जन्माएन, तराई मधेस अभियानसम्म यसको विस्तार वा विभाजन भयो ।

त्यो फोरम अहिले मधेसी नागरिकको अधिकारमा मात्र सीमित छैन, संघीयता र समाजवादको लक्ष्यमा उन्मुख भएर संघीय समाजवादी फोरम बनेको छ । बाबुराम भट्टराईसँगको एकीकरणपछि उसको नाममा के हुने हो अझै टुंगो छैन । सँगै जति पनि अरु दल जन्मे, उनीहरूले तराई वा मधेसको नाम छाडेनन् । सद्भावना नाममा अनेक टुक्रा बने ।

नाममा आएको परिवर्तनसँगै मधेसलाई राजनीतिक आधारभूमि बनाएका दल अब नरहे बराबर अवस्था भयो । किन रु मधेस नामको राजनीति अब असफल भएको हो रु मधेसी नेताहरूले आफ्नो बदनामीको आवरण खोज्न अर्को नाम रोजेका हुन् रु के उनीहरूले मधेस नाममा भएको राजनीतिमा गरेका कर्म कुकर्मको प्रायश्चित गरेका हुन् ? यो प्रश्नको जवाफ उनीहरूले दिनुपर्ने अवस्था आउला रु वा नआउला रु उनीहरू नै जानून् । तर असल नियतमा पार्टी संगठित भएर नाममा समेत परिमार्जन गरिएको हो भने अब एमाले नडराए हुन्छ– यी विखण्डनकारी शक्ति होइनन्, हुने छैनन् ।

मधेसी दल र नेताका बारे कुनै शंका छ भने यो एकताको निरन्तरताको हो । उनीहरू संगठित पार्टी बनाइरहँदा फेरि पनि पदीय हैसियतमा अल्मलिएका छन् । एउटालाई अध्यक्ष मान्ने सहमतिकाबीच उपाध्यक्षमा कुरा नमिल्दा सबै अध्यक्ष भएका छन् । आउँदा दिनमा महन्थ ठाकुरलाई सर्वोच्च नेता बनाएर अध्यक्ष आफैं बन्ने लोभ राजेन्द्र महतोमा मात्र छैन, महेन्द्र यादवमा पनि छ । यी तीनैजना संयोगले एउटै जिल्लाका हुन् ।

महेन्द्र र राजेन्द्र त एउटै निर्वाचन क्षेत्रका । फोरमका सहउत्पादन शरत्सिंह भण्डारी र राजकिशोर यादवमा पनि सानो ठैलोको हैसियत पक्कै होला । आफ्ना पार्टी अध्यक्षलाई शीर्ष स्थानमा उभ्याएर मात्रै हृदयेश त्रिपाठी वा सर्वेन्द्रनाथ शुक्लले आफ्नो हैसियत बिर्सने अवस्था आउला कि नआउला रु एकजुट भइरहेका प्रचण्ड, किरण र विप्लव फुट्नुपर्ने कुनै कारण थियो र ?

तर पदीय हैसियत र काम गर्ने फरक शैलीले एक भइरहेका पार्टी फुटेर अनेक हुने रोग नेपाली राजनीतिमा छ । सबैभन्दा बढी कम्युनिस्ट भनिएका पार्टीहरू यसबाट ग्रसित छन् । पछिल्लो समय छोटो अवधिमा यो रोग मधेसी दलमा पनि देखिएकै हो ।

यतिबेला मधेसी दलहरूको एकताले दिएको तात्कालिक परिणाम चुनाव हुने अवस्थाको सिर्जना हो । नेपाली राजनीतिलाई स्थिरतातिर लैजान नै यो भूमिका सहयोगी हुनेछ । प्रतिपक्षी एमाले सकारात्मक हुन सक्यो भने अझ सहज अवस्था बन्न सक्छ ।

प्रतिपक्षका नाममा मुलुकलाई अस्थिरतातिर धकेली रहने वा जिम्मेवार प्रतिपक्ष बन्ने भन्ने चुनौती मधेसी एकता र मधेसी सहमतिले एमालेमाथि आइपरेको छ । स्थानीय निर्वाचन सम्भव हुनु भनेको संविधानको कार्यान्वयन प्रक्रिया अघि बढ्नु त हुँदै हो, राजनीतिक स्थायित्वको सम्भावनाको ढोका पनि यसले खोल्ने छ । तरुणबाट

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *