कृषिमा यान्त्रीकरण प्रयोग गर्नेको सङ्ख्या बढ्दै

कृषिमा यान्त्रीकरण प्रयोग गर्नेको सङ्ख्या बढ्दै
Business With Technology Pvt. Ltd.

अर्घाखाँची \श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि किसानले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । कार्यालयले गत साता मात्रै २० वटा हाते ट्र्याक्टर वितरण गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले छिटो छरितो बेमौसमी खेती गर्ने किसानलाई ट्र्याक्टर सहयोगि बन्ने बताउनुभयो । यस आवमा कृषि प्रसार कार्यक्रमअन्तर्गत २० वटा हाते ट्र्याक्टर व्यक्तिगत, कृषक समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

गएको असारमा पनि कृषक, समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा २० वटा पावर टेलर वितरण गरिएको थियो । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्र्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकैनासले जोत्न सकिने बताएका छन् ।

कृषिमा यान्त्रीकरण प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *