Breaking News

खुकुरी तेलमा जिउँदो किरा भेटियो

इटहरी – सुनसरीको दुहवी बाट उत्पादन हुने गरेको खुकुुरी तेलमा जिउदो किराहरु भेटिएका छन ।  इटहरी ८ का एक होलसेल पसलबाट खरीद गरेको ५ लिटर तेलको ग्यालन बाट तेल खन्याउदै गर्दा धेरै मात्रामा जिउदै किराहरु भेटिएको उपभोक्ता ईस्वरा बास्तोलाले बताईन । खुकुरी तेल जेके आयल मिलले उत्पादन गर्ने ब्राण्ड हो । ग्यालेन खोल्ने वितिकै दुर्गन्ध आएपछि खन्याएर हेर्दा किरा भेटिएको ईस्वरा बास्तोलाले बताइन् । पछि ग्यालेन भित्र अझ धेरै किरा फेला परेको थियो । किरा तेलमा जिउँदो अबस्थामा भेटिएका थिए ।
यता जेके ओयल मिलका उत्पादन प्रमुख जितु धपेडीयाले तेलमा किरा भेटिएको कुरामा कुनै सत्यता नभएको दाबी गरे । नेपालकै पुरानो तेल उत्पादन गर्ने उघोगले कहिले पनि यस्तो काम नगर्ने उनको भनाई थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *