तरकारी खेतीप्रति युवाको आकर्षण

तरकारी खेतीप्रति युवाको आकर्षण
Business With Technology Pvt. Ltd.

पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ । तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ ।

यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । खेतीबाट आएको आम्दानीले आफ्नो बालबच्चालाई बोर्डिङ स्कुलमा पढाएर राम्रो शिक्षा दिन पनि उनीहरु सफल भएका छन् । तरकारी खेतीबाटै उनीहरुले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल भएको पाइएको छ । घुसेल गाविस–८ बस्ने गोविन्द गौतमले आफ्नै खेतबारीमा लगाएको तरकारी खेतीबाट आफ्नो छ जनाको परिवार धान्दै आएका छन् ।

तरकारी खेतीका लागि पाँच रोपनी जग्गा छुट्याएको उहाँले बताउनुभयो । उक्त पाँच रोपनी जग्गामा गोलभेँडा, बन्दा, भन्टा, काउली, भुइँस्याउ, किबीलगायतका तरकारी एवम् फलफूल लगाएको उहाँको भनाइ छ । अहिलेको मौसममा गोलभेँडा प्रतिकिलो रु ५० का दरले बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

आफूले खेती गरेको जमिनबाट बर्षेनि बन्दा तथा काउलीबाट समेत राम्रो आम्दानी गर्दै यसबाहेक भुइँस्याउ र किवी पनि लगाइएको उहाँको भनाइ छ । खेतीमा लाग्ने सबै खर्च घटाएर वार्षिक आम्दानी रु एक लाख ५० हजार जोगिने गरेको उहाँको भनाइ रहेको छ ।

यसै गरी बज्रबाराही नगरपालिका–१३ बस्ने शिवराम थापाले तरकारी खेतीबाट आफ्नो सात जनाको परिवारको खर्च टार्दै आएका छन् । खेतीका लागि ११ रोपनी जग्गा भाडामा लिएर काम गरेको उहाँको भनाइ रहेको छ । भाडामा लिएको जग्गामा काँक्रो, घिरौंला, काउली, गोलभेँडा, तने बोडीलगायतका मौसम अनुसारको तरकारी खेती गरिँदै आएको र वार्षिक रुपमा सबै खर्च घटाएर रु पाँच लाख आम्दानी गर्दै आएको उहाँले बताउनु भयो ।

तरकारी खेतीबाट आउने आम्दानीबाट छोरालाई इञ्जिनियर र छोरीलाई कृषिविज्ञ बनाउन लागेको उहाँले बताउनुभयो । बज्रबाराही नगरपालिका–१० बस्ने हरिगोपाल महर्जनको पनि यस्तै कथन रहेको छ ।

यही खेतीबाट सात जनाको परिवारको पालनपोषण गर्दै आएको महर्जनको भनाइ रहेको छ । गोलभेँडा खेतीका लागि मात्र १० रोपनी जग्गा भाडामा लिएर काम गर्दै आएको उहाँले बताउनुभयो । वार्षिक सबै खर्च घटाएर रु पाँच लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।tarkari

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *